सनराइज बैंकले नारी बचत खाता खोल्दा बीमा सुविधा र प्रसूति खर्च समेत दिने

२५ फाल्गुन २०७८, बुधबार १४:५०

काठमाडौं । सनराइज बैंकले नारी बचत खाता खोल्नेहरुलाई विशेष सुविध दिने भएको छ ।बैंकले यस्ता खाता खोल्ने नयाँ तथा पुराना ग्राहकलाई प्रसूति हुँदा लाग्ने खर्च वापतको १० हजार रुपैयाँ दिने भएको हो ।

साथै खातामा घातक रोगमा ५ लाख रुपियाँसम्मको उपचार खर्च, ५ लाख रुपियाँसम्मको दुर्घटना बीमा, अस्पतालमा उपचार गर्दा २० हजार रुपैयाँसम्मको ओपीडी खर्च, ८० हजार रुपियाँसम्म अस्पताल उपचार गरेको खर्च पाइने बैंकले जानकारी दिएको छ ।

बैंकले महिलाहरुलाई बैंकमा खाता खोल्न र बचत गराउन प्रोत्साहित गर्ने उद्देश्यले यस्तो योजना ल्याएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*