३१ करोड ६० लाख कित्ता आइपीओ निष्काशन गर्न एलआईसी इण्डियाले सेवीबाट पायो अनुमति

२५ फाल्गुन २०७८, बुधबार १३:२२

काठमाडौं । भारतको सेयर बजार नियामक सेबीले लाइफ इन्स्योरेन्स कर्पोरेसन अफ इन्डिया (एलआईसी) को आईपीओलाई निष्कासन अनुमति प्रदान गरेको छ । सेबीको अनुमतिसँगै एलआईसीको आईपीओ यही मार्च महिनाभित्र निष्कासन हुन सक्ने कम्पनीले जनाएको

डीआरएचप का अनुसार भारत सरकारले एलआईसीको आईपीओअन्तर्गत ३१.६ करोड कित्ता सेयर बेच्नेछ।एलआईसीको आईपीओ भारतीय सेयर बजारमा अहिलेसम्मकै सबैभन्दा ठूलो आईपीओ हुनेछ। सूचीकरणपछि एलआईसीको बजार मूल्यांकन आरआईएल र टीसीएसजस्ता शीर्ष कम्पनीको बराबर हुनेछ। यसअघि पेटीएमको आईपीओ सबैभन्दा ठूलो थियो। यो कम्पनीले गत वर्ष आईपीओबाट भारु १८ हजार ३०० करोड उठाएको थियो।

हालै भारत केन्द्रीय मन्त्रिपरिषद्ले एलआईसीको आईपीओमा विदेशी लगानीकर्तालाई समावेश गर्न एफडीआई नीति परिवर्तन गरेको थियो। यो परिवर्तनअन्तर्गत एलआईसीको आईपीओमा स्वचालित रुटअन्तर्गत २० प्रतिशतसम्म विदेशी लगानीलाई अनुमति दिइएको छ।यसैगरी डीआरएचपीका अनुसार एलआईसीको आईपीओमा १० प्रतिशत सेयर पोलिसी होल्डरहरुका लागि आरक्षित गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*