युनिक नेपाल लघुवित्तको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल

२५ फाल्गुन २०७८, बुधबार १०:२०

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

युनिक नेपाल लघुवित्तले घोडाघोडी लघुवित्तलाई प्राप्ति गरेपश्चात बनेको कम्पनीको संचालक समितिको बैठकको निर्णयअनुसार शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिट चयन भएको हो । सो पश्चात् अब मर्जपछिको यो संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतको सम्पूर्ण कार्य अब मुक्तिनाथ क्यापिटलले गर्नेछ ।

यी दुवै संस्थाले गत पुष ३० गतेदेखि एकीकृत रुपमा कारोबार सुरु गरेका हुन् । घोडाघोडी लघुवित्तको १०० कित्ता शेयर बराबर युनिक नेपाल लघुवित्तको ५० कित्ता शेयर आदानप्रदान गर्ने सहमतिअनुसार यी दुई संस्था मर्जरमा गएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*