कामना सेवा विकास बैंकद्धारा महिला दिवसको अवसरमा निःशुल्क सेनेटरी प्याड वितरण
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिलाहरुलाई सेनेटरी प्याड वितरण गरेको छ ।
बैंकले सो अवसरमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पहिलो पाइला नेपालको सहकार्यमा नवलपरासी जिल्लाको सुनवल–१ स्थित श्री सुनवल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई र कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १९ पुरुन्चौरमा महिला समूहलाई लक्षित गरी प्याड वितरण गरेको हो ।
बैंकले एक बृहत कार्यक्रम आयेजना गरी प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी गराउनुका सथौ निःशुल्क सेनेटरी प्याड वितरण गरेको हो ।
बैंकले यौन तथा प्रजनन स्वास्थ्यका अधिकार हरेक व्यक्तिको हुने हँुदा महिला तथा किशोरीहरुलाई प्रजनन स्वास्थ्यले प्रजनन प्रणाली र प्रजनन अंगहरुको स्वास्थ्य साथै यौनसँग सम्बन्धी विषयहरुको बारेमा जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको थियो । साथै प्रजनन स्वास्थ्य सम्बन्धी उचित शिक्षाको अभाव साथै महिनावारीमा प्याडको उचित प्रयोग गर्न जनान्दा किशोरीहरुमा स्वास्थ्य समस्याहरु उल्झिने गरेको हुँदा सो को जागरुकताको लागि सो कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।
उक्त कार्यक्रममा बैंकका कर्मचारी, पहिलो पाइला नेपालका प्रतिनिधीहरु लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।