१० लाख बीमा सुविधा सहित नेपाल बैंकको समृद्व नारी रिकरिंग निक्षेप खाता योजना संचालनमा
२४ फाल्गुन २०७८, मंगलवार १९:३१
काठमाडौं । महिला वर्गलाई लक्षित गर्दै नेपाल बैंकले समृद्व नारी रिकरिंग निक्षेप खाता योजना संचालनमा ल्याएको छ। बैंकले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा इन्स्योरेन्स सुविधासमेतको नयाँ निक्षेप खाता योजना संचालनमा ल्याएको हो ।
मासिक न्युनतम २५ हजारमा र सोहि गुणांकमा मासिक किस्ता जम्मा गर्न मिल्ने यस खातामा उच्चतम ब्याजदर, निःशुल्क लकर सुविधा लगायत थुप्रै बैंकिङ्ग सुविधाहरु रहेको छ ।१० लाख बराबरको दुर्घटना बीमा सुविधा समेत रहेको उक्त खाता बचत प्रकृतिको भएता पनि उक्त खातामा मुद्धती निक्षेप सरहको उच्चतम ब्याजदर रहेको छ।