नेष्डो समृद्ध लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न, २५ लाख बढीको हात खाली
काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको आइपीओ आज दिउँसो सम्पन्न भएको छ ।
शेयर बाँडफाँडका लागि आइतबार आइपीओको प्रि–अलटमेन्ट गरेर स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाएको थियो ।लघुवित्तले फागुन ११ गते बुधबारदेखि फागुन १५ गते आइतबारसम्म सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो ।
कुल जारी सेयरमध्येबाट जारी पूँजीको ०.५० प्रतिशत अर्थात १२ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि तथा ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेर बाँकी रहेको ७ लाख ७४ हजार ५३६ कित्ता सेयर खरीदका दागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।
आईपीओमा अन्तिम दिनसम्म २६ लाख १० हजार १२७ जनाबाट ३ करोड २ लाख २४ हजार २५० कित्ताका माग परेको छ । जुन सर्वसाधारणको लागि माग गरिएको तुलनामा ४० गुणा धेरै हो ।
मागभन्दा धेरै आवेदन परेको हुनाले लघुवित्तको आईपीओ धितोपत्र निष्काश्न तथा बाँडफाँड निर्देशिका बमोजिम गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । जहाँ ७७ हजार ४५३ जनाले मात्र आईपीओ हात पार्नेछन् र सो मध्ये भाग्यमानी ३ जनाले ११ कित्ता आइपीओ पाउनेछन् । भने बाँकी २५ लाख ३२ हजार बढी आवेदकको हात खाली हुनेछ ।