शिखर इन्स्योरेन्सद्धारा दुई हजार स्याउ कृषकलाई ८ करोड दाबी भुक्तानी

२३ फाल्गुन २०७८, सोमबार १८:२७

काठमाडौं । शिखर इन्स्योरेन्सले जुम्ला जिल्लामा स्याउ बीमा गर्ने किसानहरुलाई दाबी भुक्तानी गरेको छ । करिब २ हजार बीमितलाई ८ करोड रुपैयाँ भन्दा बढी रकम दाबी भक्तानी गरेको छ ।

शिखर इन्स्योरेन्स कम्पनीले आईतबार जुम्लामा आयोजित कार्यक्रमका बीच स्याउ कृषकहरुलाई बीमा दाबी रकम भुक्तानी गरेको हो । नेपालको ईतिहासमै एकैपटक दुई हजार बीमितलाई शिखर इन्स्योरेन्सले दाबी भुक्तानी गरेको हो।

जुम्लाको उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित दाबी भुक्तानी वितरण तथा अन्तरक्रिया कार्यक्रममार्फत् भुक्तानी वितरण गरिएको हो । कम्पनीका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले बीमितहरुलाई दाबी भुक्तानी वापतको रकम हस्तान्तरण गरेका छन् ।

शिखर इन्स्योरेन्सले जुम्लाका विभिन्न गाउँपालिकामा रहेका १६ लाख स्याउका बोटमध्ये मौसम सूचकांक बीमा अन्तर्गत १ लाख २० हजार ७०८ बोटको बीमा गरेको छ । पछिल्लो ५ वर्षको तथ्यांक हेर्दा कम्पनीले ७ हजार ४३७ बीमितका ४ लाख २७ हजार १६६ रुपैयाँ स्याउका बोटको बीमा गरिसकेको छ ।

गत आर्थिक बर्षमा ७ प्रतिशत स्याउको बीमा गराएको कम्पनीले यस आर्थिक बर्षमा १५ प्रतिशत पुराउने लक्ष्य लिएको छ। जसबाट कम्पनीले ७ करोड २ लाख रुपैयाँ संकलन गरी ८ करोडभन्दा बढी दाबी वापतको रकम भुक्तानी गरिसकेको छ ।

कार्यक्रमा उपस्थित स्थानीय कृषक रामकृष्ण बुढ थापाले ले तुसारो लगायतका समस्याले स्याउका बोटमा पर्ने क्षति र त्यसले उत्पादनमा पार्ने जोखिम कम्पनीले वहन नगर्दा केही क्षती संवयम् कृषकले नै भोग्नुपरेको कार्यक्रममा व्यक्त गरेका थिए ।
किसान रामकृष्ण बुढथापाले शिखर इन्स्योरेन्सले स्याउ बीमालेख बिक्री गर्दा राखेका क्षतिपूर्तीको मापदण्ड थप गर्नुपर्ने बताउँछन् । असिना र कालो तुसारोबाट पुग्ने क्षतिको पनि बीमा गर्न सकेको खण्डमा किसानलाई राहत हुने उनको भनाइ छ ।
कालो तुसारो चैतदेखि जेठको अवधिमा दिउँसो वर्षा भयो र रातीको समयमा आकाश सफा भयो भने तापक्रम माइन्समा जान्छ र स्याउ नष्ट हुन्छ । स्याउको लागि सबैभन्दा क्षती क्षति कालो तुसारोका कारण भइरहेको हुँदा बीमामा यसको कभर हुनुपर्ने कुरामा कार्यक्रममा जोड दिएका थिए ।किसानलाई मौसमका कारण उत्पादन कम भए पनि बीमाका कारण क्षतिपूर्ती पाइरहेको भन्दै उनले बीमाका कारण स्याउ खेतीप्रति मानिसहरु अझ बढी सक्रिय हुन थालेको स्थानिय कृषहरु बताँउछन् ।
शिखर इन्स्योरेन्सले हाल कर्णाली प्रदेशका जुम्ला, मुगु, डोल्पा, कालिकोट र सिमकोटमा पनि स्याउका बोटको मौसमी सूकांकमा आधारित बीमा गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*