आइजिआई हेल्थप्लस बीमालेख र इजि क्यासलेस क्लेम सेटलमेन्ट सेवा भित्र के-के सुविधाहरु छन् ?

२३ फाल्गुन २०७८, सोमबार १५:२०

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले २ वटा सेवाको शुभारम्भ गरेको छ । कम्पनीले सार्वजनिक गरेको सेवामा आइजिआई हेल्थप्लस बीमालेख र आइएजिआई इजि क्यासलेस क्लेइम सेटलमेन्ट रहेको छन ।

आइजिआई हेल्थप्लस बीमालेख
आइएमई जनरल इन्स्योरेन्सले दुर्घटना, स्वास्थ्य तथा घातक रोगको लागि एउटै छाता भित्र समेट्ने गरी आइजिआई हेल्थप्लस बीमालेख सेवा ल्याएको हो । यस बीमालेख अन्तर्गत परिवारको सम्पूर्ण सदस्यहरुको एउटै बीमालेख अन्तर्गत दुर्घटना बीमा, औषधीउपचार बीमा र घातक रोग बीमा समावेश गरिएको छ ।
आइजिआई हेल्थप्लस बीमालेखअन्गर्तको दुर्घटना बीमालेख अन्तर्गत बीमालेख अवधिभर कुनैपनि समयमा बीमित सदस्यहरुलाई कुनै बाहिरी तथा देख्न सकिने माध्यमबाट हुन गएको दुर्घटनाको प्रत्यक्ष कारणबाट मृत्यु वा कुनै शारीरिक अंगभंग हुन गएमा बीमालेखमा उल्लेखित ५ लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्मको सुविधाहरु प्राप्त हुनेछ ।
त्यस्तै, औषधोपचार बीमालेख अन्तर्गत बीमालेखको अधीनमा रही सो अवधिभर कुनै रोग लागेमा वा दुर्घटना भई शारीरिक चोटपटक लागेमा, त्यस्तो रोग र चोटपटकको उपचारको लागि अस्पताल भर्ना भई गरिने उपचार खर्च १ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म नगद रहित वा सोध भर्ना दुवै तरिकाबाट भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

साथै घातक रोग बीमालेख अन्तर्गत बीमालेखको अवधिभर अधिनमा रहि बीमा अवधिभर बीमालेखमा उल्लेखित वा कुनै प्रकारका घातक रोगको लागि करार जारी भएको ९० दिनको प्रतिक्षा अवधि पश्चात बीमित सदस्यहरुलाई कुनै घातक रोगहरु लागेको चिकित्सकबाट प्रमाणि भएमा बीमाङ्क रकम ५ लाख रुपैयाँ तुरुन्त भुक्तानी हुनेछ ।

यस बीमालेख अन्तर्गतका सर्तहरु परिवार हकमा श्रीमान श्रीमती र सन्तान समेटिने छ । सन्तानको उमेर २ वर्ष देखि २४ वर्षसम्म अबिबाहित तथा रोजगारी नभएको हुनपर्ने, ५० वर्षको भन्दा माथिका ब्यक्तिको घातक रोग बिरुद्धको रक्षावरणका लागि अनिवार्य मेडिकल सर्टिफिकेट पेश गर्नुपर्ने, बीमालेख जारी गरिएको मितिले औषधोउपचार बीमा अन्तर्गत ३० दिनको घातक रोगको लागी ९० दिनको र ९ महिनाको वइटिक पिरियड लाग्ने छ ।

यसका साथै औषधोपचार बीमालेख अन्तगर्त नेपाल र चिकित्सकको परामर्शमा भारतमा उपचार गर्ने सकिने, हुलदंगा, हड्ताल, नागरिक उपद्रव, द्धेशपूर्ण कार्य, आंतकवाद तथा विध्वंसात्मक कार्य जस्ता क्रियाकलापबाट हुने सक्ने दुर्घटना समाबेश गरिनको छ भने दाबी भुक्तानी गर्दा नगद रहित वा सोध भर्ना दुवै तरिकाबाट दाबी भुक्तानी गरिनेछ ।

आइजिआई इजि क्यासलेस क्लेइम सेटलमेन्ट

यो सेवा हाल काठमाडौं उपत्यकाभित्र मात्रै लागू हुनेछ । कम्पनीबाट आफ्नो निजी सवारी साधनको बीमा गराएका ग्राहकहरुले कुनै पनि किसिमको दुर्घटनामा परी सवारी साधनको क्षति भएमा गुहेश्वरी मार्गस्थित स्पार्क अटोकेयर प्राइभेट लिमिटेडको सहकार्यमा विभिन्न सेवा प्राप्त गर्न सक्ने गरी कम्पनीले यो सेवा ल्याएको हो ।

यस कम्पनीबाट बीमा भएको चारपांग्रे निजी सवारी साधनको दुर्घटना हुन गई सवारी साधन क्षति हुन गएमा वा तेस्रो पक्षको निजी सवारी साधन क्षतिग्रस्त भई मर्मत सम्भार गर्नुपरेमा स्पार्क अटोकेयर मर्मत केन्द्रमा उक्त क्षतिग्रस्त सवारी साधन मर्मत सम्भारको लागि लगिएमा सो मर्मत सम्भार वापत लाग्ने खर्च बीमा कम्पनीले स्पार्क अटोकेयरलाई सिधै भुक्तानी गरी लामो दावी प्रक्रियालाई सहज, सरल र झन्झटमुक्त बनाउने उद्देश्यस्वरुप कम्पनीका सिइओ युगेशभक्त बादे श्रेष्ठ र अटोकेयरका अध्यक्ष रोशन घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यस सेवा अन्र्तगतको आइएमई जनरल इन्स्योरेन्सले उपलब्ध गराएको मोबाइल नम्बरमा एसएमएस, भाइबर, ह्वाटसब मार्फत लुर्घटनाको जानकारी गराउने र यसको विवरण कम्पनीको वेबसाइट तथा फेसबुक पेजबाट उपलब्ध गर्ने सकिने जनाएको छ ।

त्यस्तै, क्षतिग्रस्त सवारी साधनलाई दुर्घटना स्थलबाट गुहेश्वरी स्थित स्पार्क अटोकेयरले आफनै खर्चमा क्षति भएको सवारी साधनलाई मर्मतको लागि लिएर जाने, सवारी साधन सर्भिस सेण्टरमा पुराए पश्चात स्पार्क अटोकेयरबाट दुर्घटनाग्रस्त सवारीको जाचँ गरी सवारी धनीलाई कुन मितिमा सवारी साधन फिर्ता गर्ने मितिको जानकारी दिइनेछ । मर्मत संभार पश्चात बीमालेखमा तोकिएको सीमासम्मको रहक कम्पनीले सिधै सर्भिस सेण्टर कम्पनीलाई भुक्तानी गर्नेछ भने सीमाभन्दा माथिको रकम सम्बन्धित सवारी साधन धनीले भुक्तानी गर्ने गरी सो को जानकारी सम्बन्धित सवारी धनीलाई गराइने कम्पनीले जनाएको छ ।

साथै मर्मतको दौरानमा सवारी धनीलाई सवारी साधनको मर्मतको यथास्थितीको जानकारी स्पार्क अटोकेयरबाट भई रहनेछ भने मर्मत भई तयार भएको सवारी साधन स्पार्क अटोकेयरले आफैंले काठमाडौं उपत्यका भित्र सवारी धनीको घरसम्म पुराउने ब्यवस्था पुराउने ब्यवस्था रहेको जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*