नेप्से झिनो अकंले वृद्धि हुदाँ आज यी कम्पनीका लगानीकर्ताले कमाए
काठमाडौं । साताको पहिलो दिन झिनो अकंले घटेको नेप्से साताको दोस्रो दिन भने झिनो अकंले बढेको छ । नेप्से आज १.५४ अकंंले बढेको हो ।
आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २३० कम्पनीको ५३ लाख १५ हजार २९२ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ६० करोड ९ लाख ३० हजार ४०२ रुपैयाँको कारोबार भएको छ ।
सोमबार नेप्से झिनो अकंले बढ्दा कारोबार साढे २ अर्बमा सिमित भएको हो । आज सर्वाधिक कमाउने कम्पनीमा बुद्धभुमि नेपाल हाइड्रोपावर रहेको छ । कम्पनीको शेयर आज ५.८९ प्रतिशतले बढेको हो ।
त्यस्तै, बोटलर्स नेपालको ५.४८ प्रतिशत, समुदायिक लघुवित्तको ४.३४ प्रतिशत, इर्मजिङ नेपालको ४.०१ प्रतिशत, नेपाल दुरसञ्चार कम्पनीको ३.१८ प्रतिशत, शिव श्री हाइड्रोपावरको ३.०८ प्रतिशत, यूनाइटेड इन्स्योरेन्सको २.४० प्रतिशत र जनउत्थान सामुदायिक लघुवित्तको २.२१ प्रतिशतले बढेको हो ।