शिवम् सिमेन्ट्ससहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार

२३ फाल्गुन २०७८, सोमबार १५:०७

काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक झिनो अंकले बृद्धि भएको छ । अघिल्लो दिन झिनो अंकले घटेको शेयरबजारमा आज सामान्य अंकले बढेको हो ।

नेप्सेमा सूचीकृत २३० कम्पनीको ५३ लाख १५ हजार २९२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६० करोड ९ लाख ३० हजार ४०२ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा सुधार नआएसँगै पछिल्लो समय कारोबार पनि खासै सन्तोषजनक देखिएको छैन ।

२ अर्बमाथिको कारोबार हुँदा आज सर्वाधिक शिवम् सिमेन्ट्सको भएको छ । कम्पनीको आज २७ करोड ६९ लाख ३२ हजार ८६३ रुपैयाँको कारोबार भएको हो । त्यस्तै, एनिटिसीको १२ करोड ६२ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड ६ लाख, एनआइसी एशिया बैंकको १० करोड ५० लाख र पाँचथर पावरको १० करोड ४२ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*