आइएमई जनरल इन्स्योरेन्सलाई पहिलो मर्जर कम्पनी बन्न अध्यक्ष सिलवालको शुभकामना

२३ फाल्गुन २०७८, सोमबार १४:३१

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीलाई पहिलो मर्जर गर्ने बीमा कम्पनी बनेर यसलाई मूर्त रुपमा दिन बीमा समितिका अध्यक्ष सूर्य प्रसादले शुभकामना दिएका छन् । समितिका अध्यक्ष सूर्या प्रसाद सिलवालले केही समयअघि मर्जरको लागि आएको कम्पनीले पुन मर्जरको प्रस्तावलाई आगाडि राखेर यो काममा पहिलो हुनुपर्नेमा जोड दिएका हुन् ।

उनले आइएमई जनरल इन्स्योरेन्सले नयाँ बीमा योजना लन्चिङ कार्यक्रममा हालको बीमा कम्पनीहरुको जोखिमलाई लागि पुँजि पर्याप्त नभएको कारण मर्जरमा जान जोड दिँदै यस्तो बताएका हुन् ।

बीमा कम्पनीको संख्या धेरै भयो भन्ने फिडव्याकलाई हामीले मान्यौ । ठिक छ, नयाँ कम्पनीलाई लाइसेन्स रोकौला । तर कम्पनीको संख्या धेरै भए भन्नुहुन्छ भने मर्ज हुनुहोस्’ आईएमई जनरल इन्स्योरेन्स कम्पनीले शुभारम्भ गरेको दुई वटा नयाँ बीमा सेवाको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले भने–‘मर्जरलाई प्रोत्साहित गर्ने गरी १९र२० वटा सुविधा दिएका छौं । पहिला पनि आईएमईले मर्जरको लागि गृहकार्य गरेको रहेछ । त्यसलाई अगाडि बढाउनुहोस् । मर्जरको पहलकदमी आईएमईले नै लियोस् ।’

यती सानो पुँजिले हामीले कतिसम्मको रिक्सलाई कभर गर्न सक्छौ भनेर हामीले पनि नाप्नुपर्ने बेला आईसकेको छ। हामी किन मर्जरमा जादैन त ? जान मिल्न कम्पनी गए भईहाल्छ नि ? बीमा समितिले स्वागत नै गरेर बसेका छौ । केही समयअघि मर्जरमा जाने कम्पनीलाई थप सुविधा समेत दिने भनेर बसेका छौ, अध्यक्ष सिलवालले भने ।

त्यो पाटोमा पहिला आइएमईए जनरल इन्स्योरेन्सबाट भएको थियो । फेरि मर्जरको लागि पहल सुरु गर्ने हो कि? मर्जरको सुरुवात गर्ने कम्पनीमा आइजीआई पनि बन्ने हो कि भन्ने मलाई लाग्छ ? उनले भने ।

त्यस्तै, कार्यक्रममा बोल्दै कम्पनीको अध्यक्ष हेम राज ढकालले तीन बर्ष अगाडिको मर्जर प्रस्तावलाई स्मरण गर्दै केहि कारणवस हुन नसकेको कुरा व्यक्त गर्दै, आगामी दिनमा मर्जरको प्रस्तावलाई सकेसम्म अगाडि नै राखेर अघि बढ्ने बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*