मेगा बैंक नेपालद्धारा संस्थापक शेयर बिक्रीमा

२३ फाल्गुन २०७८, सोमबार ११:१६

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको कित्ता र न्यूनतम मूल्य भने खुलाएको छैन ।

बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरु वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले सूचना प्रकाशित गरेको मितिले ७ दिन भित्र आवश्यक कागजात संकलन गरी आवेदन दिन सक्नेछन् ।

कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिदै खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेकोमा सो अवधिमा कुनै पनि आवेदन नपरेका पश्चात अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री खुल्ला गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*