लु्म्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

२३ फाल्गुन २०७८, सोमबार १०:०६

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी कुमारी बैंक लिमिटेडको नाममा रहेको शेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएको हो ।

बैंकका स्वामित्वमा रहेको १ लाख २२ हजार २८७ कित्ता इन्स्योरेन्सले बिक्री गर्नका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो । कम्पनीले सो शेयरको न्यूतम मूल्य २५० रुपैयाँ तोकेको छ । सो अनुसार आवेदकले आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

इच्छुक विद्यमान संस्थापक शेयरधनी वा जो कोही व्यक्ति वा संघसंस्थाले चैत १४ गतेभित्र कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड नागपोखरी, नक्साल काठमाडौंमा सम्पर्क गरी सो शेयर खरिद गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*