अब सहकारीहरुले पनि एटीएम कार्ड जारी गर्ने, भारतामा समेत चल्ने

२२ फाल्गुन २०७८, आईतवार १७:३४

काठमाडौं। राष्ट्रिय सहकारी बैंकका सदस्य सहकारी संस्थाका ग्राहकहरूले पनि स्मार्टच्वाइस टेक्नोलोजी (एससीटी) ले जारी गरेका एटीएम प्रयोग गर्न पाउने भएका छन्। यसै बीचमा आज सम्झौता भएको हो ।

अब सहकारीहरुका लागि सहकारी पहिचानसहितको ’कुप कार्ड’ जारी गर्न स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकबीच त्रीपक्षीय सम्झौता गरेको छ। अहिले बैंक तथा वित्तीय संस्थाहरुलाई सेवा दिँदै आएको एससीटीले सहकारीको भुमिका र कारोबारलाई लक्षित गर्दै एटीएम सेवा सुरु गर्न लागेको हो।

केही समयदेखि एससीटीले १०० भन्दा बढी सहकारीहरुलाई कार्ड सेवा दिँदै आएकोमा यसलाई संस्थागत र प्रभावकारी विस्तार गर्न ’कुप कार्ड’ जारी गर्न लागेको जनाएको छ। उक्त कार्ड नेपाल र भारतमा चल्ने छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*