नेप्सेमा थप ४७ लाख कित्ता बोनस शेयर सूचीकृत
२२ फाल्गुन २०७८, आईतवार १५:२९
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चिलिमे हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको ७.५ प्रतिशतका दरको ४७ लाख १० हजार ५५४ कित्ता बोनस शेयर आज सूचीकृत भएको हो । सूचीकृतपश्चात उक्त शेयर लगानीकर्ताले भोलिदेखि नै खरिदबिक्री गर्न पाउनेछन् ।