प्रोगेसिभ फाइनान्सको स्थगित सभा चैत १६ मा, ६ प्रतिशत लाभांश पारित गर्ने

२२ फाल्गुन २०७८, आईतवार १०:४३

काठमाडौं । प्रोगेसिभ फाइनान्स लिमिटेडले २५औं वार्षिक सााधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन १९ गते बसेको संचालक समितिको बैठकले सभा चैत १६ गते आह्वान गरेको हो ।

यसअघि कम्पनीले पुष ३० मा बस्ने भनेको कोभिड महामारी तथा प्राविधिक कारणबस स्थगित हुन पुगेको थियो । स्थागित सभा चैत १६ गते ज्यापू प्रज्ञा भवन, भोलगणेश, ललितपुर वडा नं. ९, ललितपुरमा दिनको १ बजे बस्नेछ ।

उक्त सभाले गत कम्पनीले गत आर्थिक वर्षको मुनफाबाट चुक्तापूँजी ८० करोड रुपैयाँबाट प्रस्ताव गरेको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ३१५८ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

साथै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग गाभ्ने।गाभिने वा मर्जरमा जाने विषयको सम्बन्धित आवश्यक प्रकृया संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, आव २०७७।०७८ को नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका अनुसूचीमाथि छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक समूहतर्फबाट प्रतिनिधित्व गर्ने रिक्त संचालक पदमा नियुक्ति अनुमोदन गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले यसअघि नै पुष १९ गते साधारण सभा प्रयोजन तथा लाभांश वितरणका लागि बुकक्लोजको मिति तोकेको थियो । कम्पनीले शेयर दाखिला खारेजलाई साविककै कायम गरिएको छ । सोअनुसार पुष १८ गतेसम्म कायम शेयरधनीहरुमात्र सभामा उपस्थित हुन र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*