३८५ बीमा सर्भेयरले गराए लाइसेन्स नवीकरण, बीमा समितिमा धेरै जनाको नविकरण बाँकी

२१ फाल्गुन २०७८, शनिबार ११:०९

काठमाडौं । बीमा समितिबाट ३८५ बीमा सर्भेयरले आफ्नो लाइसेन्स नवीकरण गरेका छन् । चालु आवमा ‘क’ ‘ख’ ‘ग’ र ‘घ’ वर्गका गरी ३८५ जना बीमा सर्भेयरहरुले लाइसेन्स नविकरण गराएको समितिले जनाएको छ । उक्त संख्यामा यसै वर्ष वितरण गरिएको नयाँ लाइसेन्सको संख्या भने समावेश छैन ।

बीमा समितिबाट सर्भेयरको लाईसेन्स लिएपछि अनिवार्य रुपमा नविकरण गर्नुपर्ने व्यवस्था छ । लाईसेन्स नविकरण नगरी बीमा सर्भेयरको काम गर्न पाइदैन ।

समितिले बीमा सर्भेयरहरुलाई कार्य अनुभवका आधारमा ‘क’ ‘ख’ ‘ग’ र ‘घ’ वर्गमा वर्गीकरण गरेर लाईसेन्स दिएको छ । धेरै अनुभव भएकाहरुलाई ‘क’ त्यसपछि कम अनुभव भएकालाई क्रमश ‘ख’ ‘ग’ वर्गमा र नयाँलाई ‘घ’ वर्गमा राखिने व्यवस्था छ । वर्गीकरणको आधारमा समितिले सर्भेयरको लाइसेन्स नवीकरण गराउनेहरुको सूची सार्वजनिक गरेको हो ।

समितिको तथ्यांक अनुसार चालु आर्थिक वर्षको लागि ‘क’ वर्गमा ४६ जना सर्भेयरको लाइसेन्स नवीकरण भएका छन् । यस्तै ‘ख’ वर्गमा ५४ जना, ‘ग’ वर्गमा ९५ जना र ‘घ’ वर्गमा १९० जना गरी ३८५ जना सर्भेयरको लाईसेन्स नवीकरण भएका छन् । यसै वर्षमात्रै नयाँ सर्भेयरको लाईसेन्स भने यस वर्ष गर्नुपर्ने छैन ।

संस्थागत र व्यक्तिगत सर्भेयर गरी सो बराबरको लाइसेन्स नविकरण भएका हुन् । सर्भेयरले प्रत्येक बर्ष आफनो लाईसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था छ ।

बीमा गरिएको सम्पतिको क्षति भएमा सम्बन्धित बीमा कम्पनीले बीमितिलाई क्षतिपूर्ति बापतको रकम बीमा दावी भुक्तानी गर्नुपर्दछ । उक्त क्षतिको मूल्यांकन गर्न सक्ने व्यक्ति तथा संस्थालाई नै सर्भेयरको रुपमा बीमा समितिले लाईसेन्स दिएको हुन्छ । उनीहरुले बीमित र बीमक कम्पनी दुवैको बीचमा रहेर निष्पक्ष र सन्तुलित भएर इमान्दारपूर्वक पेशागत धर्म निर्वाह गर्नुपर्दछ । सर्भेयरले पेश गरेको प्रतिवेदनको आधारमा बीमा कम्पनीहरुले बीमितलाई दाबी वापतको रकम भुक्तानी गर्ने गर्दछ ।

नेपालमा पेशागत लाईसेन्स लिनेको संख्या करिब दुई हजार छ । सो मध्ये धेरै जनाको नविकरण गर्न बाँकी छ । नविकरण नगरेकाहरुले बीमा सर्भेयरको रुपमा काम गर्न पाउदैनन् ।

इन्स्योरेन्स इन्टिच्यूट नेपालले करिब एक हजार दुई सय जनालाई सर्भेयरको तालिम दिएको थियो । सो मध्ये करिब ८०० जनाले बीमा समितिबाट लाईसेन्स लिएका छन् । नेपाल सर्भेयर एशोसिएशनमा करिब ३०० जना सर्भेयर सदस्य छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*