इमर्जिङ नेपालको आईपीओ नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबारमा आउने
२० फाल्गुन २०७८, शुक्रबार १६:१९
काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको आईपीओ शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ५५ लाख ५६ हजार कित्ता आइपीओ सूचीकृत भएको हो ।
कम्पनीले संस्थापकहरुले लगानी गरेको ५० लाख ४ सय कित्ता र सर्वसाधारणमा वितरण गरेको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबार लागि १०५ रुपैयाँ ११ पैसा देखि ३१५ रुपैयाँ ३३ पैसा ओपन रेञ्ज तोकेको छ । आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीको सिम्बोल ईएनएल रहेको छ । नेप्से र कम्पनीबीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएसँगै आइतबारदेअि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।