नेपाल लाइफसहित चार कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वमित्वमा रहेका चार ओटा कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज (फागुन २० गते) अन्तिम दिन रहेको छ ।
क्यापिटलले फागुन १३ गते देखि नेशनल लाइफ इन्स्योरेन्सको १ लाख कित्ता, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५० हजार कित्ता, आइसीएफसी फाइनान्सको ४८ हजार कित्ता, नेपाल ग्रामीण विकास लघुवित्तको २३ हजार कित्ता शेयर लिलामीमा विक्री खुला गरेको थियो ।
जसमा शेयर खरीदको लागि न्यूनतम मूल्य नेशनल लाइफ इन्स्योरेन्सको ३९० रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ९०० रुपैयाँ, आइसीएफसी फाइनान्सको १९५ रुपैयाँ, नेपाल ग्रामीण विकास लघुवित्तको ३७५ रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आज (फागुन २० गते) कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् । साथै, आवेदकले बोलकबोल गर्दा न्यूनतम २ हजार कित्ताका र अधिकतम सम्पूर्ण कित्ता माग गरि आवेदन सक्नेछन् ।