हिमालयन जनरल इन्स्योेरेन्सले पाँच दिने बीमा अभिकर्ताको तालिम दिने

२० फाल्गुन २०७८, शुक्रबार १०:३४

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ताको आधारभुत तालिम दिने भएको छ । कम्पनीले बीमा व्यवसाय अभिबृद्धि गर्न साथै स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यका साथ निर्जीबन बीमा अभिकर्ताको आधारभूत तालिम संचालन गर्न लागेको हो ।

कम्पनीले चैत १३ गतेदेखि चैत १७ गतेसम्म केन्द्रीय कार्यालय, थापागाउँ, काठमाडौंमा भर्चुअल माध्यमबाट तालिम संचालन गर्ने भएको हो । एसएलसी परिक्षा उत्तीर्ण गरेको शैक्षिक योग्यता र ५० जना पहिले आवेदन दिनेलाई ग्राहयता दिने कम्पनीले जनाएको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले चैत ८ गतेसम्म आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालयमा तालिमको लागि आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*