ग्रीन भेन्चर्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको साधारण शेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दका लागि फागुन २ गते आइपीओ निष्काशन गरेको हो ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका १, २ र ३, लिखु गाउँपालिका ९, रामेछापको लिखु तामाकोशी गाउँपालिका १ र २ र उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो ।
उक्त आइपीओ फागुन २ गतेदेखि बिक्री खुल्ला भई आज फागुन २० गते बैंकिङ समय पश्चात् आवेदन दिने अवधि बन्द गरिने जनाएको छ ।
आईपीओमा उक्त क्षेत्रका स्थानीय बासिन्दाहरुले लक्ष्मी बैंक लिमिटेड, मंथली रामेछाप, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, धोबिबजार, लिखु, रामेछाप, अयोजना स्थल, मेगा बैंक लिमिटेड, खिजिदेम्बा, ओखलढुङ्गा, र मंथली रामेछाप र लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नयाँ बानेश्वर काठमाडौंबाट समेत आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । ददकम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।