तीन घण्टासम्म बारामाथि फन्को मारेको कतार एयरको जहाज ढाका डाईभर्ट, एयरट्राफिकले पालो मिच्दा समस्या

१९ फाल्गुन २०७८, बिहीबार १७:४६

काठमाडौं । कतार एयरवेजको क्वुटिआर ६४६ जहाज तीन घण्टा भन्दा बढि समय आकाशमै होल्ड गराएर बंगलादेशको राजधानी ढाका डाईभर्ट गरिएको छ । विमानस्थलमा गरिएको परिक्षणको क्रममा होल्ड गरिएको जहाज परिक्षण सकिएपछि ढाका डाईभर्ट गरिएको हो । एयरट्राफिकले कतार एयरको जहाजलाई तीन घण्टासम्म आकाशमै होल्ड गराएर अन्ततः अन्यत्र डाईभर्ट गराएका छन् ।

युएसबंगला एयरको जहाज दुर्घटनामा गम्भिर त्रुटी गरेका काठमाडौंस्थित एयर ट्राफिक कन्ट्रोलरले आज कतार एयरको जहाज आकाशमै होल्ड भइरहँदा भारतीय जहाज विस्तारा एयरको जहाजलाई अवतरण गराएका छन् । त्यस्तै नेपाल एयरलाइन्सको जहाज पनि कतार एयर आकाशमा होल्ड भएकै बेला अवतरण गराइएको छ ।

तीन घण्टाभन्दा बढि समय आकाशमै होल्ड गराइएको र अन्य जहाजहरुलाई खुरुखुरु अवतरण अनुमति दिनु कतार एयरमाथि एयर ट्राफिक कन्ट्रोलरले गल्ती गरेको आरोप कतार एयरमार्फत काठमाडौं आउँदै गरेका यात्रुका आफन्तहरुले लगाएका छन् । एक आफन्तले तीन घण्टा आकाशमै घुमाएर अन्त्यमा ढाका जाने अवस्था सिर्जना हुनुमा एयर ट्राफिकको कमजोरी रहेको र नेपाली सीमाभित्र प्रवेश गरेको जहाज सकुशल अवतरण गराउने जिम्मेवारीबाट एयर ट्राफिक चुकेकोले दोषीमाथि कारवाही हुनेपर्ने बताएका छन् ।

काठमाडौंस्थित एयर ट्राफिक कन्ट्रोलरसँग सम्पर्क गर्दा हावा बढेकाले जहाज ढाका डाईभर्ट भएको जवाफ दिएका छन् । यो समाचार तयार गर्दा काठमाडौंस्थित विमानस्थलमा हावाको गति १२ किलोनट छ ।

तीन घण्टा आकाशमै होल्ड गराएर एयर ट्राफिक कन्ट्रोलले हावाको बहाव उच्च भनेर ढाका डाईभर्ट गरेको १५ मिनेटपछि दुबईबाट आएको फ्लाई दुबईको जहाज सिधैं अवतरण गरेको छ । फ्लाईदुबईले अटोमेटिक अवतरण गर्दा हावाको वहाव ११ किलोनट रहेको थियो ।

काठमाडौंमा अवतरणको लागि तीन घण्टा कुरेर ढाका पठाइएको कतार एयरको ए ३३० जहाज ढाकामा अवतरण गरेको छ । आकाशमै होल्ड हुँदा र ढाकामा डाईभर्ट गरिहँदा कतार एयरले लाखौं रुपैयाँ घाटा व्यहार्नु परेको छ । जहाज कम्पनीहरुले हवाई भाडा गणना गर्दा औषत होल्ड समय निकालेर सोको खर्च समेत जोडेका हुन्छन् । नेपालको एयर ट्राफिकले सही रुपमा उडान तथा अवतरण व्यवस्थापन गर्न नसक्दा विश्वकै खराव एयर ट्राफिक व्यवस्थापन भएको एयरपोर्टको रुपमा काठमाडौंस्थित त्रिभुवन विमानस्थललाई चिनिन्छ ।

One thought on “तीन घण्टासम्म बारामाथि फन्को मारेको कतार एयरको जहाज ढाका डाईभर्ट, एयरट्राफिकले पालो मिच्दा समस्या

  1. Jablun Tamang says:

    Khukkulo Kanun
    Manmani
    Pad

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*