आरएसडिसी लघुवित्तको पहिलो शाखा बाँकेको कोहलपुरमा, दोस्रो शाखा संचालनमा ल्याउने तयारी

१९ फाल्गुन २०७८, बिहीबार १४:३०

काठमाडौं । आरएसडिसि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नयाँ तथा पहिलो शाखा विस्तार गरेको छ । संस्थाले बाँकेको कोहलपुर ११ मा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो ।

फागुन १९ गते बिहिबार संस्थाका अध्यक्ष राजेन्द्र प्रसाद दाहालको अध्यक्षतामा लुम्बिनी प्रदेश संघ तथा जिल्ला सहकारी संघका अध्यक्ष प्रेमप्रसाद सुवेदी र राष्ट्रिय सहकारी बैंककी संचालक बिजया धिताले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उक्त शाखा कार्यालय समुद्घाटन कार्यक्रम संचालन संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ध्रुवकुमार पौडलले गरेका थिए । सो शाखा कार्यालयबाट विपन्न वर्गका महिलाहरुमा वित्तीय सहायता पुग्ने कम्पनीले अपेक्षा लिएको छ ।

साथै सो शाखा विस्तारपछि दोस्रो शाखा कार्यालय बर्दिबास महोत्तरीमा यहि फागुन २६ गते संचालनमा ल्याउने कम्पनीका प्रमुख सूचना अधिकारी रामप्रसाद पन्थीले जानकारी दिएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*