एशियन लाइफ इन्स्योरेन्सद्धारा घातक रोगको उपचार खर्च भुक्तानी

१९ फाल्गुन २०७८, बिहीबार १२:३८

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले घातक रोगको उपचार खर्च भुक्तानी गरेको छ । कम्पनीले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा न ६ उर्मा निवासी भजोना रानालाई मुटुरोग उपचार वापतको ३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

कम्पनीको सुदुरपश्चिम प्रदेश प्रमुख लोकराज जोशी र धनगढीका पत्रकार कर्णबहादुर शाहो संयुक्तरुपमा बीमितको घरदैलोमै पुगेर दाबी वापतको रकमको चेक हस्तान्तरण गरेका हुन ।

बीमित रानाले २०७७ असोजमा ३ लाख रुपैयाँको जीबन बीमा गराएका थिए ।अतिरिक्क्त सुविधा वापतको ३ लाख भुक्तानी पछि समेत निजको जीवन बीमा योजना बीमा अवधिभर नै चालु रहने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*