शाइन रेसुङा डेभलपमेण्ट बैंकको करिब २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

१९ फाल्गुन २०७८, बिहीबार ११:०९

काठमाडौं । शाइन रेसुङा डेभलपमेण्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ९९ हजार २३४ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

बैंकका संस्थापक शेयरधनी पुडेन्सियल क्यापिटल म्यानेजमेण्ट कम्पनीको १ लाख कित्ता न्यूनतम मुल्य २७० रुपैयाँ, पुडेन्सियल क्यापिटल म्यानेजमेण्ट कम्पनीको ५० हजार कित्ता न्यूनतम मुल्य २५० रुपैयाँ, प्रतिमा अर्यालको ४५ हजार ९९१ कित्ता न्यूनतम मूल्य २७० रुपैयाँ र धन बहादुर कार्कीको ३ हजार २४३ कित्ता न्यूनतम मूल्य २ सय रुपैयाँ तोकिको छ । सो अनुसार आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन वा बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय बुटवल ११ कालिकानगर रुपन्देहिमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*