बलेफी हाइड्रोपावरको आइपीओमा आवेदन दिने अवधि पुनः थप, कहिलेसम्म दिन पाइन्छ आवेदन ?
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने अवधि पुनः थप गरिएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेको बलेफी हाइड्रोपावरको आइपीओमा अब फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले माघ २७ गतेदेखि आइपीओ बिक्री खुला गरेकोमा मागअनुसार आवेदन नपरेकोमा अवधि थप गरेर फागुन १९ गतेसम्म अवधि लम्ब्याइएको थियो । अवधि लम्ब्याइएपनि पनि तोकिएबमोजिमको आवेदन नपर्दा कम्पनीले समय थप गरेर फागुन २६ गतेसम्म अवधि थपेको हो ।
कम्पनीले स्थानीयलाई जारी पुँजीको १०५ अर्थात १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्कासन गरेको हो ।
जसमध्ये १० लाख ९६ हजार ७८२ कित्ता सेयर सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. २, ३ र ४ का स्थानीयलाई छुट्याइएको छ । बाँकी ७ लाख ३१ हजार १८८ कित्ता सेयर भने आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित जुगल गाउँपालिका वडा नं। ५ र ७, बलेफी गाउँपालिका वडा नं १, ३, ६ र ७ तथा सुनकोशी गाउँपालिका वडा नं। ७ का स्थानीयलाई छुट्याइएको छ ।