दुई इन्स्योरेन्स कम्पनी सहित एक वाणिज्य बैंकको शेयर सूचीकृत

१८ फाल्गुन २०७८, बुधबार १७:०७

काठमाडौं । नेप्सेमा दुई इन्स्योरेन्स कम्पनी सहित १ वाणिज्य बैंकको शेयर सूचीकृत भएको छ। बुधबार सेन्चुरी कमर्शियल बैंकसूर्या लाइफ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

सेन्चुरी कमर्शियल बैंकको ५१ लख ९४ हजार ७९६.९६ कित्ता, सूर्या लाइफ इन्स्योरेन्सको २८ लाख ७३ हजार ८७६ कित्ता र प्रिमियर इन्स्योरेन्सको १५ लाख ३१ हजार २४८ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

सेन्चुरी कमर्शियलले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५.७५ प्रतिशत, सूर्या लाइफले १२.७० प्रतिशत र प्रिमियर इन्स्योरेन्सले १४.२५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*