आज ६ कम्पनीका लगानीकर्ताले मात्रै कमाए

१८ फाल्गुन २०७८, बुधबार १५:१८

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । कारोबारको अघिल्लो दिन अर्थात् सोमबार ४७ अंकले घटेर बन्द भएको शेयरबजार आज ६३ अंकले घट्न पुगेको छ ।

नेप्सेमा सूचीकृत २२८ कम्पनीको ७६ लाख ५२ हजार २०४ कित्ता शेयर किनबेच हँुदा ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९७९ रुपैयाँको कारोबार भएको छ ।

केहीदिनयताको मार्केट डेप्थ हेर्दा शेयरबजारमा खासै रौनकता देखिएको छैन । कुनै दिन नेप्से बढेतापनि कारोबार खासै सन्तोजनक देखिएको छैन । आज सोही अंककले नेप्से घट्दा कारोबार समेत ३ अर्बमा खुम्चिन पुगेको छ ।

आज धेरै कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने ६ कम्पनीको शेयरमूल्य मात्रै बढ्न पुगेको छ । आज कमाउने कम्पनीमा रिलायन्स लाइफ इन्स्योरेन्सको ४ प्रतिशत अर्थात् २२ रुपैयाँ, सिभिल बैंकको १.२५ प्रतिशत, स्वाभिमान लघुवित्तको १.०८ प्रतिशत, एनआइबिएल प्रगति फण्डको ०.९४ प्रतिशत, आइसिएफसि फाइनान्सको १२% डिबेञ्चरको ०.९२ प्रतिशत र गुडविल फाइनान्सको ०.०९ प्रतिशतले बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*