राष्ट्र उत्थान लघुवित्तको आइपीओले कति पाउला ओपनिङ रेञ्ज ?

१८ फाल्गुन २०७८, बुधबार १३:२४

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओले पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज कति पाउला भन्ने जिज्ञासाको विषय बनेको छ । सो कम्पनीको शेयर प्राप्त गर्ने शेयरधनीहरुमा नेप्सेमा कति रुपैयाँमा कारोबार सुरु होला भन्ने चासोको विषय बनेको छ ।

राष्ट्र उत्थान लघुवित्तको आइपीओले पहिलो कारोबारका लागि प्रतिशेयर १६७ रुपैयाँ ४३ पैसा देखि अधिकतम ५०२ रुपैइाँ २९ पैसा पाउने देखिएको छ ।

नेप्सेले जुन कुनै कम्पनीको पहिलो कारोबारका लागि वास्तविक नेटवर्थको तीनगुणासम्म ओपनिङ रेञ्ज तोक्ने भएकोले उक्त रेञ्ज पाउने देखिएको हो । कम्पनीको आर्थिक वर्ष २०७७।०७८ को वास्तविक नेटवर्थ १६७.४३ रुपैयाँ रहेको छ ।

संस्थाले फागुन ४ गतेदेखि फागुन ८ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दमा ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आाइपीओ निष्काशन गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीका लागि, ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषका लागि र ७ लाख ९४ हजार ५ सय कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएर निष्काशन गरेको थियो ।

कम्पनीले माग भन्दा धेरै आवेदन परेको हुनाले गोलाप्रथाद्धारा फागुन १२ गते बाँडफाँड गरेको थियो । अन्तिम दिनसम्म २५ लाख ७९ हजार ४ सय २ जनाको आवेदन परेकोमा गोलाप्रथाद्धारा बाँडफाँड गर्दा भाग्यमानी ७९ हजार ४ सय ५० हजाले १० कित्ता शेयर पाएका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*