एशियन लाइफ इन्स्योरेन्स र कृषि विकास बैंकको लाभांश शेयरधनीको सम्बन्धित खातामा जम्मा

१८ फाल्गुन २०७८, बुधबार १०:४३

काठमाडौं । कृषि विकास बैंक र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश शेयरधनीको सम्बन्धित खातामा जम्मा भएको छ । कृषि विकास बैंकल बोनस शेयर शेयरधनीको हितग्राही खातामा र एशियन लाइफले नगद लाभांश शेयरधनीको हितग्राही खातामा सम्बन्धित बैंक खातामा जम्मा गरिदिएको हो ।

कृषि विकास बैंकको पुस २९ गते समपन्न १५ औं वार्षिक साधारण सभाले पारित गरेको २० प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो ।

बैंकले पुस १५ गतेसम्म शेयर अभौतिकीकरण गरेका शेयरधनीको खातामा उक्त बोनस जम्मा गरेको हो । साथै सो समयभन्दा पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीको खातामा क्रमय बोनस जम्मा गर्ने भएकाले हालसम्म शेयर अभौतिकीकरण नगरेको शेयरधनीहरुले यथाशिघ्र शेयर अभौतिकीकरण गर्ने बैंकले भनेको छ ।

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्स कम्पनीको माघ २१ गते सम्पन्न १३ औं वार्षिक साधारण सभाले पारित गरेको २ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरेको हो ।

माघ ११ गतेसम्म आफ्नो डिम्याट खाता बैंक खाता समेत अद्यावधिक गराएका शेयरधनीको खातामा नगद लाभांश जम्मा गरेको हो । साथै सो मिति पश्चात बैंक खाता अद्यावधिक गर्ने शेयरधनीहरुको पनि क्रमशः बैंक खातामा नगद लाभांश जम्मा गरिने छ ।

आफ्नो शेयर प्रमाणपत्र हालसम्म अभौतिकीकरण नगर्नु भएका शेयरधनीहरुले यथाशिघ्र शेयर प्रमाणपत्र अभौतिकीकरण गर्ने बैंकले अनुरोध गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*