पशुपतिमा दर्शनार्थीको भार थेग्न नसक्दा पुलको पर्खाल भत्कियो, दुईजना घाईते
१७ फाल्गुन २०७८, मंगलवार २३:२०
काठमाडौं । शिवरात्रीका दर्शनार्थीहरु खचाखच भरिँदा पशुपतिनाथ मन्दिरस्थित बागमती नदीमाथिको पुलको पर्खाल भत्किएको छ। दक्षिणतर्फको पुलको पर्खाल भत्किँदा दुई जना घाइते भएको छ।
पर्खाल भत्किएर बागमतीमा खसेका दुई जनामध्ये एकजनालाई उपचारका लागि काठमाडौं मेडिकल कलेज अस्पताल, सिनामंगल पठाइएको प्रहरीले जनाएको छ , ३० वर्षी राजन ओलीको अहिले अस्पतालमा उपचार भइरहेको छ। अर्का घाइते भने सामान्य उपचारपछि फर्केका छन्। पुल जीर्ण रहेकाले त्यसतर्फ नजान सचेत गराए पनि पुलमाथि भीड भरिएको प्रहरीले जनाएको छ।