बागमती प्रदेशमा जनसङख्या भन्दा बढी बीमा पोलिसी जारी, कम्पनीहरुको तथ्याङ्कमाथि प्रश्न

१७ फाल्गुन २०७८, मंगलवार १४:२७

काठमाडौं । केन्द्रिय  तथ्याङ्क विभागका अनुसार हाल बाग्मती प्रदेशको जनसङख्या ५५ लाख मात्र रहेको छ । तर बीमा कम्पनीहरुको तथ्याङ्क अनुसार बाग्मती प्रदेशमा जनसङख्या भन्दा बढी बीमा पोलिसी जारी गरेको तथ्याङ्कले देखाएको छ। बीमा समितिले कम्पनीहरुबाट प्राप्त जनङख्याको आधारमा अन्तिम तथ्याङ्क जारी गरेको हुन्छन् ।

 

Source : Beema Samiti

बागमती प्रदेशमा जनसंख्या भन्दा बढी बीमा पोलिसी जारी भएसँग बीमा कम्पनीहरुमाथि प्रश्न चिन्ह्र उठेको छ। तर बीमा समितिले प्रकाशन गरेको तथ्याङ्कमा बागमती प्रदेशमा ७३ लाख ४३ हजार ७८५ ओटा जारी भएको छ ।

जुन जनसंख्याको १२० प्रतिशत हो । समितिका अनुसार २०७८ माघ मसान्तसम्म बागमतीमा त्यो बराबरको बीमालेख जारी भएको छ । बीमा समितिले पहिलोपटक प्रदेशगत रूपमा बीमालेखको संख्या सार्वजनिक गरेको छ । अभिकर्ता र बीमा कम्पनीहरू राजधानीमा केन्द्रित छन् । त्यसैले यस प्रदेशमा बढी बीमा भएको बीमा समितिले जनाएको छ। अन्य प्रदेशमा बीमा सेवाको न्यून पहुँच छ । तर, बागमतीमा भने जनसंख्याभन्दा पनि बढी बीमालेख जारी भएको तथ्याङ्कले देखाएको छ।

बागमतीबाहेकका प्रदेशको तुलनामा कर्णालीमा भने बीमाको पहुँच राम्रो देखिएको छ । त्यहाँ जनसंख्याको २६ प्रतिशतको अनुपातमा बीमालेख जारी भएको छ । १६ लाख ९४ हजार ८८९ जनसंख्या रहेको कर्णालीमा ४ लाख ४२ हजार ६५४ ओटा बीमालेख जारी भएको छ ।

कर्णाली प्रदेशमा बीमाको सबैभन्दा कम व्यवसाय छ । तर, त्यहाँ बीमाको पहुँच भने बढी देखिएको छ ।यता मधेश प्रदेशमा भने सबैभन्दा कम बीमा पहुँच देखिएको छ । यहाँ जनसंख्याको ९ प्रतिशतको अनुपातमा मात्र बीमा भएको छ । ६१ लाख २६ हजार २८८ जनसंख्या रहेको मधेशमा ५ लाख ६३ हजार १८ ओटा बीमालेख जारी भएको छ ।

तथ्यांकअनुसार माघ मसान्तसम्म नेपालभर १ करोड १० लाख ८६ हजारओटा बीमालेख जारी भएको छ । त्यसमा प्रदेश १ मा ९ लाख ६२ हजार, मधेश प्रदेशमा ५ लाख ६३ हजार, बागमतीमा ७३ लाख ४३ हजार, गण्डकीमा ४ लाख ५९ हजार, लुम्बिनीमा ८ लाख ३६ हजारओटा बीमालेख जारी भएको छ । यसैगरी कर्णालीमा ४ लाख ४२ हजार ६५४ र सुदूरपश्चिममा ४ लाख ७८ हजारओटा बीमालेख जारी भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*