नेको इन्स्योरेन्सको साधारण सभा चैत ९ गते, बुकक्लोज कहिले ?

१७ फाल्गुन २०७८, मंगलवार १०:२९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले २६औं वार्षिक साधराण सभा आह्वान गरेको छ । कम्पनीको फागुन १६ गते बसेको संचालक समितिको बैठके सभा चैत ९ गते कम्पनीको केन्द्रीय कार्यालय, बीमा भवन, ज्ञानेश्वर काठमाडौमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभाले आर्थिक वर्ष २०७७।०७८ को संचित मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १५ प्रतिशत अर्थात् प्रत्येक १०० कित्ता बराबर १५ कित्ता बोनस शेयर र कर प्रयोजनका लागि चुक्तापूँजीको शुन्य दशमलव ७९ पप्रतिशत नगद लाभांश पारित गर्नेछ ।

साथै जारी गरिने बोनस शेयरको हदसम्म जारी पूँजी तथा चुक्तापूँजी बृद्धि गर्ने र गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, आव २०७७।०७८ को वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने, आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ तथा लाभांश वितरण प्रयोजनका लागि चैत १ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । सो अनुसार फागुन ३० गते नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र सभामा उपस्थित भई प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*