नेप्से ४३ अंकले घट्यो, सबै क्षेत्रको उपसूचक राताम्मे
१६ फाल्गुन २०७८, सोमबार १५:०६
काठमाडौं। नेप्से ४३ अंकले घट्दा २६१० दशमलव ६० को विन्दुमा कायम भएको छ। नेप्से सूचीकृत २२७ कम्पनीको ७८ लाख ३४ हजार ९ सय १५ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
शेयर बजार ओरालो लाग्दा सबै क्षेत्रको उपसूचकमा गिरावट आएको छ । आज बैंकिङ् क्षेत्रको उपसूचक सबैभन्दा धेरै घटेको छ। बैंकिङ् क्षेत्रको उपसूचक ० दशमलव ९१ अंकले घटेको छ।