अंधिकाश जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क आर्जन घट्यो, कुनको कतिले घट्यो ? (तथ्याङ्क सहित)

१६ फाल्गुन २०७८, सोमबार १३:३९

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आार्थिक बर्षको दुई महिनाको अवधिमा पौने २ अर्ब रुपैयाँ प्रथम बीमाशुल्क आर्जन घटेको छ।माघ महिनाको तुलनामा जीवन बीमा कम्पनहरुको प्रथम बीमाशुल्क आर्जन ४३ प्रतिशतले घटेर २ अर्ब ४२ करोड रुपैयाँमा सिमित भएको छ। गत महिनामा कम्पनीले प्रथम बीमाशुल्क आर्जन वापत ४ अर्ब २२ करोड रुपैयाँ आर्जन गर्न सफल भएको थियो ।

पुस महिनाको तुलनामा नेपाल लाइफ बाहेक अन्य सबै कम्पनीको प्रथम बीमाशुल्क आर्जनमा गिरावट आएको छ ।नेपाल लाइफको प्रथम बीमाशुल्क आर्जन ८ प्रतिशतले वृद्धि भएर ४५ करोड ९३ लाख रुपैयाँ पुगेको छ। गत महिनाको सोहि अवधिमा ४२ करोड ४८ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।

Source : Beema Samiti Rs. (Lakhs)

गत महिनाको तुलनमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको प्रथम बीमाशुल्क आर्जन सबैभन्दा धेरै घटेको बीमा समितिले प्रकाशन गरेको तथ्याङ्कले देखाएको छ।गत महिनामा १३ करोड ५४ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको संस्थानको प्रथम बीमाशुल्क आर्जन ७३ दशमलव ६९ प्रतिशतले घटेको छ।माघ महिनामा संस्थानको प्रथम बीमाशुल्क आर्जन ७ करोड ५२ लाख रुपैयाँमा मात्र सिमित रहेको तथ्याङ्कले देखाएको छ।

त्यस्तै, यूनियन लाइफको प्रथम बीमाशुल्क आर्जन ७३ दशमलव १४ प्रतिशतले घटेर ९ करोड ८२ लाख रुपैयाँमा सिमित भएको छ। गत महिनाको सोहि अवधिमा कम्पनीले ३६ करोड ५८ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको थियो ।आइएमई लाइफको प्रथम बीमाशुल्क आर्जन ६९ प्रतिशतले घटेर ६ करोड ४८ लाख रुपैयाँमा सिमित भएको छ। गत महिनामा कम्पनीले २१ करोड १३ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको थियो ।

बीमा समितिको तथ्याङ्क अनुसार नेशनल लाइफको प्रथम बीमाशुल्क आर्जन १० प्रतिशतले घटेर ३३ करोड ९५ लाख रुपैयाँ, एलआईसी (नेपाल) को ४० प्रतिशतले घटेर २० करोड रुपैयाँ, एशियन लाइफको ६२ प्रतिशतले घटेर ११ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफको ५८ प्रतिशतले घटेर १२ करोड रुपैयाँ, सिटिजन लाइफको ४७ प्रतिशतले घटेर १५ करोड रुपैयाँ, सन नेपाल लाइफको ३४ प्रतिशतले घटेर १८ करोड रुपैयाँ, आइएमई लाइफको ६९ प्रतिशत ६ करोड ४८ लाख रुपैयाँ र सूर्या लाइफको ४७ प्रतिशतले घटेर १० करोड ८५ लाख रुपैयाँमा सिमित भएको छ।

त्यस्तै, ज्योति लाइफको ४४ प्रतिशतले घटेर १० करोड रुपैयाँ, मेट लाइफको २० प्रतिशतले घटेर १० करोड रुपैयाँ, प्राइम लाइफको ४२ प्रतिशतले घटेर ७ करोड रुपैयाँ, रिलायन्स लाइफको ५२ प्रतिशतले ५ करोड रुपैयाँ, सानिमा लाइफकोे ५८ प्रतिशतले ४ करोड रुपैयाँ, प्रभु लाइफको ५२ करोड रुपैयाँ, महालक्ष्मी लाइफको ५ करोड रुपैयाँ र गुराँस लाइफको ४६ प्रतिशतले घटेर ५ करोड १२ लाख रुपैयाँमा सिमित भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*