सिटिजन लाइफ इन्स्योरेन्सको फर्साटिकर शाखाको समुदघाटन

१६ फाल्गुन २०७८, सोमबार १२:०५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले फर्साटिकर शाखाको समुदघाटन गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, चिफ मार्केटिङ अफिसर भूषण रिमाल, चिफ विजनेश अफिसर शुनिल पोखरेल, माइक्रो लाइफ प्रमुख रिता पाठक,बुटबल क्षेत्रीय शाखा प्रमुख दुर्गाराज ढकाल ,र तालिम बिभाग प्रमुख कुबेर पाठक बाट शाखाको औपचारिक समुदघाटन गरिएको छ।

समुदघाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पौडेलले जीवन बीमाले आर्थिक जोखिम बहन गर्ने हुँदा बीमा आवश्यक बन्दै गएको बताए । उनले कम्पनीको अधिकांश विधि प्रकृयालाई प्रविधिमैत्री बनाउन सफल भएको बताए । ‘हामी प्रविधिलाई उच्चतम प्रयोग गर्ने नीतिका साथ काम गरिरहेका छौँ,’ उनले भने, समयको माग अनुरुप चल्नु नै सिटिजनको सफलता पनि हो ।’

त्यस्तै चिफ मार्केटिङ अफिसर भूषण रिमालले बजारको मागलाई बुझेर सेवा वितरणलाई सहज बनाउनुपर्ने बताए । उनले इन्स्योरेन्स कम्पनीले आर्थिक जोखिबाट जोगाउने हुनाले अभियानकै रुपमा लाग्नु पर्नेमा जोड दिए।शाखा लामो समय देखि संचालनमा रहेको भए पनि औपचारिक समुद् घाटन आइतबार गरिएको हो ।
क्षेत्रीय शाखा प्रमुख दुर्गाराज ढकालको स्वागत मन्तव्य सहित सुरु भएको कार्यक्रमको संचालन शाखा प्रमुख युवराज तिवारीले गरेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*