शेयर मूल्य समायोजन पछि हिमालयन जनरल इन्योरेन्सको शेयर भाउ कति ?

१६ फाल्गुन २०७८, सोमबार ११:५२

काठमाडौं । नेप्सेले गत आर्थिक वर्षको बोनस शेयरका लागि हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन गरेको छ।
नेप्सेले मूल्य समायोजन गर्दै प्रतिकित्ता हिमालयन जनरल इन्स्योरेन्सको ६८४.४८ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ७३० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार नै सेयर कारोबारमा आउनेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले आज फागुन १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो फागुन १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।

कम्पनीले यही फागुन ३० गते आफ्नो २८ औँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको थापागाउँस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*