कामना सेवा विकास बैंकद्धारा तीन स्थानमा मोबाइल एपमार्फत शाखारहित बैकिङ सेवा संचालनमा
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले थप तीनवटा स्थानमा मोबाइल एपमार्फत शाखारहित बैकिङ सेवा संचालनमा ल्याएको छ ।
बैंकले देशमा विभिन्न स्थानमा सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा पुर्याउने उद्देश्यका साथ ३ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैकिङ्ग सेवा शुभारम्भ गरेको हो ।
बैंकले सेवा विस्तार गर्ने क्रममा फागुन १५ गतेबाट रुपन्देही जिल्लाको देवदह नगरपालिका वडा नं. ८, अर्घाखाची जिल्लाको सितगंगा नगरपालिका वडा नंं २ सितापुर र लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं. ७ रामबजारमा शाखारहित बैकिङ सेवा संचालनमा ल्याएको हो ।
देवदह न.पा.मा देवदह मोबाइल एण्ड कम्प्युटर (प्रो.घनश्याम के.सी), सितगंगा न.पा.मा सचित मोबाइल सेन्टर (प्रो.सचिन बोहरा) र मध्यनेपाल न.पा.मा इशानेश्वर इलेक्ट्रोनिक्स (प्रो.निर्दोश घिमिरे) लाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
देवदह रुपन्देहीमा बैंकका संचालक भिमप्रसाद तुलाचन र देवदह न.पा. वडा नं. ८ का वडाध्यक्ष डण्डपानी भट्टराई, मध्यनेपाल, लमजुङमा बंैकका संचालक चतुराखर अधिकारी तथा अर्घाखाँची जिल्लाको सितगंगा–२ सितापुरमा सितगंगा न.पा. वडा नं. २ का वडाध्यक्ष गोबर्धन थापाले उक्त शाखारहित बैकिङ सेवाको समुद्धाटन गरी सेवा शुभारम्भ गरेका थिए ।
कार्यक्रममा बैंकका संस्थापक, बैंकका कर्मचारी, व्यवसायिक प्रतिनिधी तथा स्थानीयबासिन्दाहरुको उपस्थिति रहेको थियो ।
शाखारहित बैकिङ एपमार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने बैंकले जनाएको छ । साथै उक्त सेवाबाट ग्रामिण तथा बैकिङ्ग पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।