नेशनल लाइफ इन्स्योरेन्सको ३३औं साधारण सभा फागुन २९ गते, कहिले हुँदैछ बुकक्लोज ?

१६ फाल्गुन २०७८, सोमबार १०:५९

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३३औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन ५ गते बसेको संचालक समितिको बैठकले सभा फागुन २९ गेत कम्पनीको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान साढे १० बजे भर्चुअल माध्यमबाट बस्ने निर्णय गरेको हो ।

उक्त सभाले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको चुक्तापूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ करोड ३९ लाख रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।

साथै सोही सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण शेयरधनीको समूहतर्फबाट २ जना गरी ६ जना संचालक निर्वाचन गर्ने विषयलाई अनुमोदन गर्नेछ ।

त्यस्तै, अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आव २०७६।०७७ को नाफा नोक्सान हिसाब, आय–व्यय हिसाब र लेखापरीक्षकको प्रतिवेदन उपरल छलफल गरी पारित गर्नेछ ।

आव २०७७।०७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने उक्त सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ शेयरधनी दर्ता पुस्तिका किताब (बुकक्लोज) फागुन २२ गते गर्ने निर्णय गरेको छ, जसअनुसार फागुन १९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा उपस्थित हुन र कम्पनीले प्रस्ताव गरको लाभांश पाउन योग्य रहनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*