सूर्या लाइफ इन्स्योरेन्सको अत्तरिया शाखाद्वारा अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न

१५ फाल्गुन २०७८, आईतवार २२:१०

काठमाडौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अत्तरिया शाखाले अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले रबिन्द्र हमालको अध्यक्षता साथै कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पवन कुमार खड्काको प्रमुख आतिथि र शैलेश कुमार श्रेष्ठको बिशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । साथै कार्यक्रम संचालन शाखा प्रमुख नरेश भट्टले गरेका थिए ।

बीमा क्षेत्र युवाहरुका लागी राम्रो प्लेटफर्म भएको र चाहेजती आम्दानी गर्न सकिने स्वतन्त्र पेशा भएको र देशका दुरदराज सम्म बीमाको पहुँच पुर्याउनमा अभिकर्ताहरुको ठुलो भूमिका रहेको सिइओ खड्काले जानकारी गराए ।

साथै कार्यक्रममा अर्धबार्षीक रुपमा शाखामा उत्कृष्ट ब्यावसाय गर्ने अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

त्यस्तै बिमाको आवश्यकता र महत्वको बारेमा बिशिष्ट अतिथी शैलेश कुमार कश्रेष्ठले प्रस्ट पारेका थिए ।

उक्त कार्यक्रम नमस्ते पार्टीप्यालेस अत्तरियाको सभाहलमा संचालन भएको थियो । सो कार्यक्रममा १३५ भन्दा बढि अभिकर्ताहरुको सहभागीता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*