रोल्पामा सिटिजन लाइफको नयाँ शाखा शुभारम्भ, समयको माग अनुरुप चल्ने सिईओको प्रतिवद्धता

१५ फाल्गुन २०७८, आईतवार १६:३०

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी रोल्पा शाखाको आईतबार एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, चिफ मार्केटिङ अफिसर सिएमओ भूषण रिमाल, चिफ विजनेश अफिसर शुनिल पोखरेल, तालिम बिभाग प्रमुख कुबेर पाठक लागायतले रोल्पा शाखाको उद्घाटन गरेका हुन् ।

शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पौडेलले जीवन बीमाले आर्थिक जोखिम बहन गर्ने हुँदा बीमा आवश्यक बन्दै गएको बताए ।
उनले सिटिजन लाइफ इन्स्योरेन्सले अधिकांश विधि प्रकृयालाई प्रविधिमैत्री बनाउन सफल भएको बताए । ‘हामी प्रविधिलाई उच्चतम प्रयोग गर्ने नीतिका साथ काम गरिरहेका छौँ,’ उनले भने, समयको माग अनुरुप चल्नु नै सिटिजनको सफलता पनि हो ।’

शुभारम्भ कार्यक्रममा बोल्दै चिफ मार्केटिङ अफिसर भूषण रिमालले बजारको मागलाई बुझेर सेवा वितरणलाई सहज बनाउनुपर्ने बताए । उनले इन्स्योरेन्सहरु कम्पनीहरुले आर्थिक जोखिबाट जोगाउने हुनाले अभियान कै रुपमा लाग्नु पर्नेमा जोड दिए ।

क्षेत्रीय शाखा प्रवन्धक लक्ष्मण मरासिनिले कार्यक्रम संचालन गर्नु भएको, कम्पनीका शाखा प्रवन्धक सन्तोष पन्तको स्वागतमा भएको हो ।शाखा गत चैत्रदेखि संचालनमा रहेको भए पनि औपचारिक शुभारम्भ भने आईतवार गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*