जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोष २४ प्रतिशतले वृद्धि, ४ खर्ब २७ अर्ब रुपैयाँ रकम संचित

१५ फाल्गुन २०७८, आईतवार १६:२१

काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्मा जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोष २४ प्रतिशतले वृद्धि भएको छ।गत आर्थिक बर्षमा ३ खर्ब ४३ लाख रुपैयाँ जीवन बीमा कोष संञ्चित गरेको कम्पनीले यस त्रैमासको अवधिसम्ममा ४ खर्ब २७ अर्ब रुपैयाँ जीवन बीमा कोष संञिती गर्न सफल भएको छ।

जीवन बीमा क्षेत्रमा ठूलो हिस्सा बोकेको कम्पनीको जीवन बीमा कोष सबैभन्दा मजबुत देखिएको छ। कम्पनीले दोस्रो त्रैमासको अवधिसम्ममा १ खर्ब २४ करोड रुपैयाँ जीवन बीमा कोष रकम संचिति रहेको छ।

अन्य कम्पनीको अर्बमा जीवन बीमा कोष रहिरह्दा कम्पनीको १ खर्ब माथि रकम संचित रहेको छ । भारतमा सबैभन्दा बढी एलआईसी इन्डियाको जीवन बीमा कोष मजबुत रहेको छ ।जुन पूर्ण सरकारी स्वामित्वमा रहेको कम्पनी हो । तर नेपाल लाइफ प्राइभेट कम्पनी हो ।
त्यस्तै, दोस्रोमा एलआईसी नेपाल कम्पनी रहेको छ । कम्पनीको जीवन बीमा कोषमा गत आर्थिक बर्षको तुलनामा १६ प्रतिशतले वृद्धि भएर ८६ अर्बं ४९ करोड रुपैयाँ संचित गर्न सफल भएको छ।

तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा ४७ अर्ब २१ करोड रुपैयाँ रहेको छ।
त्यस्तै, नेशनल लाइफको जीवन बीमा कोषमा ४३ अर्ब २१ लाख रुपैयाँ, राष्ट्रिय बीमा संस्थानमा ३८ अर्ब १४ करोड रुपैयाँ, एशियन लाइफको २९ अर्ब, मेट लाइफको १९ अर्ब, प्राइम लाइफको १६ अर्ब, सूर्या लाइफको १२ अर्ब, गुराँस लाइफको ११ अर्ब रुपैयाँ जीवन बीमा कोषमा रकम संचित रहेको छ।

नयाँ जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोष

नयाँ बीमा कम्पनीहरुको जीवन बीमा कोष अर्बमा रहेको कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरणले यस्तो देखाएको छ।नयाँ जीवन बीमा कम्पनीहरुमध्ये यूनियन लाइफको जीवन बीमा कोष सबैभन्दा बलियो रहेको तथ्याङ्कले देखाएको छ।

कम्पनीको जीवन बीमा कोषमा ९ अर्ब ५३ कारोड रुपैयाँ रहेको छ ।दोस्रोमा ज्योति लाइफ रहेको छ । कम्पनीको जीवन बीमा कोषमा ५ अर्ब १४ करोड रुपैयाँ रकम संचित रहेको छ।

त्यस्तै, सिटिजन लाइफको ४ अर्ब ८८ करोड रुपैयाँ, आइएमई लाइफको ३ अर्ब ८७ करोड रुपैयाँ, रिलायबल (नेपाल)ले ३ खर्ब ६१ करोड रुपैयाँ, रिलायन्स लाइफको ३ अर्ब ३६ करोड रुपैयाँ, सन नेपाल लाइफले ३ अर्ब ६ करोड रुपैयाँ, सानिमा लाइफले २ अर्ब ८२ करोड रुपैयाँ, प्रभु लाइफले २ अर्ब ६० करोड रुपैयाँ र महालक्ष्मी लाइफले १ अर्ब ७३ करोड रुपैयाँ जीवन बीमा कोष रकम संचिती रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*