हिमालयन जनरल इन्स्योरेन्ससहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
१५ फाल्गुन २०७८, आईतवार १५:२४
काठमाडौं । साताको पहिलो दिन नेप्से ७.७३ अकंले घटेको छ । आइतबार पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको ७० लाख ४० हजार ५६३ कित्ता शेयर किनेबेच भएको छ ।
आज नेप्से सामान्य अकंले घटेकोमा कारोबार भने हुदाँ ३ अर्ब २७ करोडमा सिमित भएको छ । आज सर्वाधिक गुमाउने कम्पनीमा हिमालयन जनरल इन्स्योरेन्स रहेको छ । कम्पनीको शेयर आज ४. ५८ प्रतिशतले घटेको हो । कम्पनीले ७ प्रतिशत लाभांश घोषणा गरेर भोलि बुकक्लोज गर्दैछ तरपनि कम्पनीको शेयरमूल्य आज घट्न पुगेको हो ।
त्यस्तै, तेह्रथुम पावरको ४.०२ प्रतिशत, सामलिङ पावरको ३.६५ प्रतिशत, नारायणी डेभलपमेण्ट बैंकको ३.१४ प्रतिशत, शिभम सिमेन्टको ३.०५ प्रतिशत, एनआइबिएल प्रगति फण्डको २.९१ प्रतिशत, सनराइज ब्युलुचप फण्डको २.७६ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको २.५० प्रतिशतले बढेको हो ।