युनिभर्सल पावरमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन पूँजीबजारमा सामान्य गिरावट आएतापनि कारोबारमा खासै सुधार देखिएको छैन । गत साता ५८ अंकले घटेर ४ अर्ब रुपैयाँमाथि शेयर कारोबार भएर बन्द भएको बजार आज ७ अंकले मात्रै घटेतापनि ३ अर्बमा कारोबार सीमित हुन पुगेको छ ।
आज नेप्से परिसूचक ७.७३ अंकले घटेर २६५३.७० विन्दुमा झरेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ७० लाख ४० हजार ५६३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २७ करोड ३० लाख ६५ हजार ९०९ रुपैयाँको कारोबार भएको छ ।
सोही रकम बराबरको कारोबार हुँदा सर्वाधिक आज युनिभर्सल पावरको खरिदबिक्री भएको छ कम्पनीको आज २० करोड ४४ लाख २४ हजार १४१ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, एनटिसीको १९ करोड ६लाख, नेशनल हाइड्रोपावरको १४ करोठ ४३ लाख, नेशनल लाइफ इन्स्योरेन्सको १३ करोड ४ लाख र अरुण भ्याली हाइड्रोपावरको १० करोड १९ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।