हिमालयन जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१५ फाल्गुन २०७८, आईतवार १०:४१

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले फागुन १६ गते शेयरधनी दाखिला खारेज किताब बन्द (बुकक्लोज) गर्ने निर्णय गरेको थियो । जसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई कायम चुक्तापूँजी १ अर्ब १० करोड रुपैयाँबाट ६.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ३५ प्रतिशत नगद लाभांश गरी कु्ल ७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश पारित गर्न कम्पनीले फागुन ३० गते कम्पनीको केन्द्रीय कार्यालयमा थापागाउँ, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट २८औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*