समीट लघुवित्तको साढे ४३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

१५ फाल्गुन २०७८, आईतवार १०:३२

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।

लघुवित्तले ४३ हजार ६३६ कित्ता शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर खरिद गर्न चाहाने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र सम्पूर्ण विवरण खुलाई कम्पनीको केन्द्रीय कार्यालय गोरखा १३, गोरखामा निवेदन दिन सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति तथा संगठित संघसंस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*