सूर्या लाइफ इन्स्योरेन्सको अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न

१५ फाल्गुन २०७८, आईतवार १०:०९

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले उक्त कार्यक्रम टिकापुर स्थित होटेल ग्रीन एसियामा आयोजना गरेको थियो । कम्पनीका सिईओ पवन खड्का, पश्चिम मार्केटिङ्ग प्रमुख शैलेस कुमार श्रेष्ठ, सुदुर पश्चिम प्रदेश प्रमुख जगदीश भट्ट, क्षेत्र शाखा प्रमुख रवीन्द्र हमालको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा उत्कृष्ट सेल्स कोडमा उत्कृष्ट अभिकर्ता, उत्कृष्ट एजेन्सी म्यानेनजर, उत्कृष्ट टिम बिजनेस हासील गर्न सफल भएका अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा टिकापुर र लम्की कार्यक्षेत्रमा कार्यरत अभिकर्ता, एजेन्सी म्यानेजरहरुको सहभागिताका साथ भव्य रूपमा कार्यक्रम सफल भएको टिकापुर शाखा प्रमुख पुरन बहादुर चौधरीले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*