लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

१५ फाल्गुन २०७८, आईतवार १०:०२

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्ना नाममा रहेको केही शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।

इन्स्योरेन्सले एक लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ । सो अनुसार आवेदकले आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त शेयर खरिद गर्न चाहाने इच्छुक विद्यमान संस्थापक शेयरधनी अर्थात् अन्य जो कोही व्यक्ति वा संगठित संस्थाहरुले ३५ दिनभित्र सम्पूर्ण विवरण खुलाई बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड, नागपोखरी नक्सालमा सम्पर्क राखि बोलपत्र पेश गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*