ग्लोबल आइएमई लघुवित्तद्धारा बोनस शेयर वापत लाग्ने कर जम्मा गर्न आग्रह

१५ फाल्गुन २०७८, आईतवार ०९:५३

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्न शेयरधनीहरुलार्य आग्रह गरेको छ ।

कम्पनीको मंसिर २८ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई २८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भएबमोजिम उक्त बोनस शेयर नेप्सेमा सूचीकृतपश्चात शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिन लागेको हो ।

साथै साविक स्पर्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी उक्त संस्थाको नामबाट गत वैशाख ८ गतेबाट एकीकृत कारोबार सुरु भई सो मितिपश्चात शेयर खरिद गरेका शेयरधनीको हकमा बोनस शेयरमा लाग्ने कर र सो कर वापतको रकम शेयरधनी स्वयंले नै तिनुपर्ने भएकोले कम्पनीको नाममा रहेको ग्लोबल आइएमई बैंक, पोखरा न्युरोड शाखा कार्यालयमा रहेको खाता नं. I१२०१०१००००३७० मा कर वापत लाग्नुपर्ने रकम जम्मा गर्न आग्रह गरेको छ ।

साथै कर वापतको रकम जम्मा गरेको भौचर संस्थाको इमेल ठेगाना [email protected] मा पठाउन कम्पनीेले आग्रह गरेको छ । सो पश्चात् उक्त बोनस शेयर शेयरधनीको खातामा जम्मा गरिने संस्थाले जानकारी गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*