नेष्डो समृद्ध लघुवित्तको आईपिओ भर्ने आज अन्तिम दिन, पाँच बजे बन्द हुँदै

१५ फाल्गुन २०७८, आईतवार ०७:०२

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले निष्काशन तथा बिक्री खुला गरेको आठ करोड २८ लाख ७५ हजार रुपैयाँको आईपीओमा आवेदन दिने फागुन १५ गते अर्थात आज अन्तिम दिन हो । यही फागुन ११ गतेदेखि निकाशन गरेको आईपिओमा आज अपरान्ह पाँच बजेसम्म मेरो शेयर तथा तीन बजेसम्म बैंकका शाखाहरुबाट आवेदन दिन सकिने छ ।

नेष्डोको आईपिओमा माग भन्दा बढि आवेदन परेकोले गोलाप्रथाको माध्यमबाट न्यूनतम १० कित्ताको दरले ७७ हजार ४५६ जनालाई आईपिओ वितरण गरिनेछ । सो गोलाप्रथामा भाग लिन चाहनेहरुले आजै उक्त आईीपओमा आवेदन दिनुपर्नेछ ।

नेष्डो समृद्ध लघुवित्तले निष्काशन गरेको कुल ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

सो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*